कुमार कट्टेलले निर्देशन गरेको चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो ।
१३ वटा हलहरूमा प्रदर्शनको ५१ औँ दिन मनाएको यो चलचित्रले उच्च शो सहित प्रदर्शन सुरु गरेको थियो। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।
पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए । चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा, कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारको अभिनय छ ।
कर्णालीको कथाव्यथा प्रस्तुत गरेको चलचित्रमा सुदीप बराल छायांकार रहेको चलचित्रको सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का छन् ।