मेनुकाको ‘बदमास’मा सनिषा र विजु पार्कीको रोमान्स

४ वैशाख २०८२ ९:५८

नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यले सङ्गीत दिएको क्लासिकल शैलीको भिडियो ‘बदमास’को सार्वजनिक गरिएको छ नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियो बुधवार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको ह।

गायिका मेनुका पौडेलको स्वर रहेको गीतका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन् । एरेन्जरको रूपमा गोपाल रसाइली, कार्यकारी निर्माताको रूपमा विक्रान्त मान श्रेष्ठ रहेका छन् ।

भिडियो निर्देशन बिमलेश अधिकारीले गरेका छन्, जसले सयौँ म्युजिक भिडियो र दर्जनौँ चलचित्रमा अभिनय गरिसकेका छन् । अधिकारीले निर्देशन गरेको यो पाँचौँ म्युजिक भिडियो हो । भिडियोमा अभिनेत्री सनिषा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय रहेको छ । कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायाङ्कन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *