नायक आर्यन अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनले भक्तपुरको दुवाकोट निवासी अनिषा केसीसँग शुक्रबार इन्गेजमेन्ट गरेको हुन् ।
एक पारिवारिक जमघटमा इन्गेजमेन्ट गरेका यी दुईले एरेन्ज म्यारिज गर्न लागेका हुन्। बुझिएअनुसार, यी दुईको बिहे असारमा हुने भनिएको छ।
‘के म तिम्रो होइन र’बाट चलचित्र यात्रा सुरु गरेका आर्यन अमेरिकामा रहँदै आएका छन्। उनले ‘बटरफ्लाई, बाँध मायाले’ लगायतका चलचित्रमा काम गरिसकेका छन् । बैबाहिक बन्धनमा बाधिन लागेका आर्यन र अनिषालाई धेरै धेरै बधाई छ ।