टिकटकर ‘मिस पबी’ ‘माग्ने राजा’ बाट चलचित्र क्षेत्रमा प्रवेश गर्दा निकै खुशी थिइन् । यो चलचित्रमा उनी पत्रकारको भूमिकामा अनुबन्धित भएकी थिइन्। तर, उनले चलचित्रमा पत्रकारको भूमिका पनि निभाइन । तर, उनका लागि जति भूमिका लेखकले लेखेका थिए, त्यती भूमिका उनले गर्न भने सकिनन् ।
टिकटकमा लिप्सिङ गरेर आएकी उनलाई चलचित्रमा अभिनय गर्न निकै सकस भयो। चलचित्रमा काम गर्दै जाँदा टिकटक बनाउन जस्तो सजिलो नहुने रहेछ भन्ने कुरा सायद उनले पनि राम्रैसंग बुझिन। अनि यो चलचित्रका निर्देशक ऋषि लामिछानेले पनि उनलाई अभिनयमा उतार्न सकेनन् ।
निर्देशक लामिछानेले पबीको केहि दृश्य चलचित्रमा समावेश त गरे। तर, उनको ठाउमा अर्की एक संचारकर्मीलाई राखेर बाँकी भूमिका पुरा गरेको बताए । ‘मिस पबी’ले अभिनय गर्न सक्दिनँ भनेर हार खाएपछि लामिछानेले अर्की संचारकर्मी खोजेको बुझिएको छ।
हाल ‘मिस पबी’ले ‘कमेडी दरबार’मा काम गरिरहेकी छिन् । तर, उनका लागि चलचित्र क्षेत्रमा भने पहिलो गाँसमै ढुंगा लाग्यो। जसले गर्दा उनको अबको चलचित्र यात्रा निकै कठिन हुने देखिन्छ।