‘कस्तूरी’मा वर्षा अनुबन्धित

१० वैशाख २०८२ ५:३८

नायिका वर्षा सिवाकोटीको ब्यस्तता अहिले बढ्दो छ। चलचित्र ‘छक्कापञ्जा ५’ प्रदर्शन भएपछि उनलाई लिएर चलचित्र निर्माण गर्न निर्माता निर्देशकहरु खुबै लागिपरेको देखिन्छ।

एकपछि अर्को चलचित्र साइन गरेकी वर्षालाई अहिले चलचित्रमा काम गर्न भ्याइनभ्याइ छ। उनको पाइपलाइनमा अहिले ‘माग्ने राजा’, ‘कार्की साइँला’ लगायतका अन्य थुप्रै चलचित्र छन् भने ‘झिल्को’ प्रदर्शन तयारीमा छ ।

यस्तै, वर्षा अर्को नया चलचित्र ‘कस्तूरी’ पनि साइन गरेकी छिन्। निर्माणपक्षले यो चलचित्रको मुख्य भूमिकाको लागि उनलाई अनुबन्धित गरेको हो। लभस्टोरी र थ्रीलर जनराको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्रलाई रीत बोहराले निर्देशन गर्ने छन् भने धीरजकुमार अग्रवालले निर्माण गर्दैछन् । यो चलचित्रका निर्माताले केही दिनअघि चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका थिए । यो चलचित्रलाई लिएर वर्षा निकै उत्साहित देखिएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *