निर्देशक अशोक थापा मगरको निर्देशन रहने चलचित्र ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ । निर्देशक अशोक र धिरजको यो दोस्रो सहकार्य हो । यसअघि अशोक र धिरजले ‘खुस्मा’मा सहकार्य गरेका थिए ।
धिरजले दोस्रो चरणको छायांकन सुरु भएपछि सेट जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताए । यो चलचित्रको केही दिन अगाडी पहिलो चरणको छायांकन गरेको थियो ।
एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको यो चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहनेछ। चलचित्रमा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु चलचित्र हो ।
‘जलाकी’ भन्नाले मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा गरी तिन चरणमा छायांकन गरिनेछ। यो चलचित्रको निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेयो चलचित्रमा शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।