गायिका समीक्षा अधिकारीले नायिका पूजा शर्मामाथि तीव्र कटाक्ष गरेकी छन् । उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकीछिन्।
उनले लेखेको स्टाटस जस्ताको त्यस्तै,-‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ।
हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ।
आज फेरि आफ्नो फाईदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ।
बहुरुपी औरत।😄😄’

गायिका समिक्षा अधिकारीले लेखेको यो स्टाटस हेर्ने जो कोहीले पनि पूजा शर्मामाथी लक्षित हो भनेर सजिलै बुझ्न सक्छन्। उनले पूजामाथी स्टाटसको माध्यमबाट कडा आक्रोश व्यक्त गर्दै ‘बहुरुपी औरत’को को संज्ञासमेत दिइन् ।
चलचित्र म यस्तो गीत गाउँछु २ रिलिज ताका नायिका पूजा शर्माले हल–हलमा पुगेर रुवावासी गर्दै नायक पलको पक्षमा निकै बयानवाजीहरु पनि गरिन् ।
तर, पल जेलबाट निस्केपछि पूजा र पलको सम्बन्धमा दरार उत्पन्न भयो । पलले आफूलाई भाउ नदिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन् । पल शाहसँग टाढिएपछि उनी समीक्षासँग नजिकिइन् । उनले समीक्षासँग थुप्रै टिकटक भिडियो पनि बनाइन् ।
अहिले फेरि पल र पूजाको मिलन भएको छ । पूजा पलको बखान गर्दै हिँड्न थालेकी छ्न् । त्यही बखान सहन नसकेर समिक्षाले पूजा शर्मालाई लक्षित गर्दै स्टाटस मार्फत कटाक्ष मारेकी हुन् भनेर धेरैले अनुमान लगाएका छन्।