बलात्कारसम्बन्धी मुद्दामा रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण

३० वैशाख २०८१ ७:२९

नेपाल आइडलका विजेता समेटा रहेका गायक रवि ओडले बलात्कारसम्बन्धी मुद्दामा प्रहरीमा आत्मसर्मपण गरेका छन् । ओडले बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाका इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए।

उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताएका छन्। गायक ओडकी श्रीमतीले चैत्रको २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

सांगीतिक कार्यक्रमका लागि देश बाहिर रहेका गायक ओड नेपाल आएलगत्तै आफैले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *