राजनराज शिवाकोटी र सदिक्षा कट्टेलको ‘खुर्सानीलाई बियाँ’

२८ जेठ २०८१ ९:४१

गायक राजनराज शिवाकोटी र गायिका सदिक्षा कट्टेलको स्वरमा रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको संगीत छ ।

आफ्ना सिर्जनामा मौलिक संगीत जोड्न खप्पिस राजनराजले ‘खुर्सानीलाई बियाँ’मा पनि त्यही कार्यलाई निरन्तरता दिएका छन् । प्रसन्न पौडेल र प्रचण्ड पौडेल निर्देशित भिडियोमा यसराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाको अभिनय छ ।

प्रकाश हमाल निर्माता रहेको भिडियोमा युमी बलामीका कोरियोग्राफी, राजुजङ्ग बस्नेतको सम्पादन, कुनालको कलर ग्रेडिङ र निशान पौडेलको छायांकन छ । गीतको भडियो भेल्भेट भाइब्स इन्टरटेनमेन्ट प्रोडक्सनबाट निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *