प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’

२२ साउन २०८१ ५:१७

इटपाथ करियर काउन्सिलिङ र मकालुखबरको संयुक्त पहलमा प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ सार्वजनिक गरिएको छ। काठमाडौँस्थित हिल्टन होटेलमा आयोजित यस विशेष कार्यक्रममा एकता र सामूहिक प्रयासको महत्वलाई उजागर गरिएको गीत प्रस्तुत गरिएको हो।

भिडियोमा विभिन्न प्राकृतिक विपत्तिहरूको प्रभाव र यसबाट प्रभावित जनताको दुःखलाई उजागर गर्दै सामूहिक प्रयासले यी चुनौतीहरूलाई पार गरी समृद्धिको नयाँ युग सुरु गर्न सकिने सन्देश दिइएको छ।

चर्चित कलाकारहरू नाजिर हुसेन र केकी अधिकारीको प्रभावशाली अभिनयले सजिएको यस भिडियोले युवाहरूलाई विदेशमा अवसरहरूको खोजी गर्नु सकारात्मक भए तापनि, आफ्नो देशको विकासमा योगदान दिन फर्किनु आवश्यक रहेको सन्देश दिन्छ।

सगोत्री आचार्यको शब्दमा सत्यराज स्वरूपराज आचार्यको सुमधुर आवाज रहेको यो गीतको भिडियो फिलिप डिसी र सिआर बस्नेतले निर्माण गरेका हुन् भने निर्देशन निकेश खड्काले गरेका हुन्।

समारोहमा राइटपाथ करियर काउन्सिलिङले पूर्व मिस नेपाल अस्मी श्रेष्ठलाई आगामी एक वर्षका लागि सद्भावना दूतको रूपमा नियुक्त गरेको घोषणा पनि गरियो। यस अवसरमा दुई आधिकारिक टेलिभिजन विज्ञापनहरू पनि अनावरण गरियो।

गीतले हालैका प्राकृतिक विपत्तिबाट पुनः उत्थान भइरहेको र भविष्यमा विपत्ति रहित सुन्दर नेपालको सपना देख्ने सबै नेपालीलाई एकताबद्ध भएर साझा लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *