योगेश्वरले १२ वर्षपछि रिलिज गरे ‘कुनै दिन’

२४ भदौ २०८१ ४:५७

गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक भएको छ। शनिवार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान अमात्यले गीतको भिडियो सार्वजनिक गरेका हुन्। करिब १२ वर्षपछि योगेश्वरले यो नयाँ गीत सार्वजनिक गरेका हुन्।

सरोज बास्तोलाले रचेको यस गीतलाई सुरुवातमा वि.सं. २०५१ सालमा यसका सङ्गीतकार ओम विक्रम विष्टले आफ्नै आवाजमा रेकर्ड गरेका थिए। तर, विभिन्न कारणले गीतलाई त्यति बेला सार्वजनिक गर्न सकिएको थिएन। हाल गीतलाई पुनः एरेन्ज गरी योगेश्वरले आफ्नो आवाजमा रेकर्ड गरेर भिडियो सहित प्रस्तुत गरेका हुन्।

सुव्रत आचार्यको कन्सेप्ट/निर्देशन र क्रिएटिभ निर्देशक जया शर्मा रहेकी छन्। भिडियोमा कलाकारहरू प्रवीण खतिवडा, करुणा श्रेष्ठ, र विकाश लामिछानेले अभिनय गरेका छन्। भिडियोमा आशिम रानाभाटको विशेष उपस्थिति रहेको छ।

उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक तथा रङ्ग संयोजक विकाश दाहाल र सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन् । अमात्यका ‘जब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘म मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छ’ जस्ता कालजयी गीतहरू अत्यधिक लोकप्रिय छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *