प्रभात पल ठकुरी र अप्सनाको ‘यो मनको चाहना’ रिलिज

३० भदौ २०८१ ११:२८

‘यो मनको चाहना’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको गीत शनिबार सार्वजनिक भएको हो ।

गीतको शब्द डा. दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डी.बी. लामाको रहेको छ। विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन्।

मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय रहेको यो गीतको भिडियोमा यी दुई एकअर्काको प्रेमभाव व्यक्त गर्दै गरेको देखाइएको छ।

उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *