बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’ले कमायो ८ करोड

२३ कार्तिक २०८१ ७:००

सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा बिष्फोटक व्यापार गरेको छ । यो फिल्मले पहिलो सातामा ८ करोड २५ लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख छ ।

फिल्मले शुक्रबार पनि आक्रामक व्यापार गर्यो । यसैले, शुक्रबारसम्म फिल्मको व्यापार १० करोड माथि रहेको अनुमान लगाउन सकिन्छ ।

फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गरिरहँदा यसको शोजमा पनि भारी वृद्धी भएको छ । देशभर ३ सय ८० भन्दा बढी शोजका साथ यो फिल्म चलिरहेको छ ।

विजय बराल, मुकुन भुषाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय रहेको यो फिल्मले दोस्रो सातामा पहिलो साताको भन्दा बढी कमाई गर्ने आँकलन गरिएको छ । फिल्म ‘जारी’को १७ करोडको व्यापारलाई फिल्मले आइतबारसम्म तोड्ने देखिन्छ । विनोद पौडेल र प्याट्रिक सुवेदी यो फिल्मका निर्माता हुन् । फिल्मले बाबु र छोराको कथा भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *