कात्तिक १५ गते रिलिज भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले आक्रामक ब्यापार जारी राखेको छ । दैनिक उच्च कलेक्सन गरिरहेको यो चलचित्रले प्रदर्शनको १७ दिनमा ३४ करोड ३६ लाखको ब्यापार गरेको हो ।
निर्माता विनोद पौडेलका अनुसार यो चलचित्रले १७ दिनमा ३४ करोड ३६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो । यो नेपालको बक्सअफिस कलेक्सन मात्रै हो ।
रेकर्डमाथि रेकर्ड बनाइरहेको ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख बजेटमा निर्माण गरिएको चलचित्र हो । सरोज पौडेलको लेखन तथा निर्देशन, महेश दवाडीको पटकथा तथा संवाद रहेको यो चलचित्रले ४० करोड हारहारीको ग्रस कलेक्शन गर्ने प्रक्षेपण गरिएको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानीमा तयार भएको यो चलचित्रमा विजय बराल, मुकुन भुषाल, प्रकाश सपुत, अन्जना बराइलीको मुख्य भूमिका छ । विजय अभिनित चलचित्र ‘कबड्डी ४’ले २२ करोडको ग्रस कलेक्शन गरेको थियो । उनै, विजयले आज आफ्नो चलचित्रले बनाएको रेकर्ड तोडेका छन् ।