करिश्मालाई आफ्नै बोली भारी

१२ मंसिर २०८१ ७:०८

नायिका तथा मोडल करिश्मा श्रेष्ठले पछिल्लो समय दिएको एक अन्तर्वाताका कारण विवादमा परेकी छिन् । उनले दिएको एक अन्तरवार्तामा पूर्व प्रेमीको बिषयमा बोलेको कुराले विवादमा तानिएकी हुन् ।

उनले अन्तरवार्तामा आँफैले बोलेको कुराले अहिले उनी आँफैलाई गार्‍हो बनाएको छ । उक्त अन्तर्वातामा उनले कसैको नाम मेन्सन नगरेको भएपनी बोल्न हुने र बोल्न नहुने कुराको हेक्का राखिएको भने छैन् । जसले, गर्दा उनलाई अहिले गाली गलौजको बढी नै आएको छ । उनले अन्तर्वातामा आफूलाई यसो र उसो गथ्र्यो भनेर बोल्न नहुने गोप्य कुराहरु समेत बोलेकी छिन् ।

करिश्माको यो अन्तर्वाता र आरोप पूर्व प्रेमी सलोन बस्नेतप्रति लक्षित गरेको सजिलै बुझ्न् सकिन्छ । सकिएको कुरा किन गरेको भन्दै धेरैले उनलाई प्रश्न पनि गरेका छन् । अहिले यो बिषय निकै विवादित भएको छ ।

आफ्नै कारणले विवादमा परेपछि करिश्माले स्पष्टिकरण दिदै भनेकी छिन्–‘मानिसहरुले कुरा नै नवुझेर प्रतिक्रिया दिएका छन् । म मिडियालाई एल्लो जर्नालिज्म नगर्न आग्रह गर्दछु । मैले, सलोन बस्नेतलाई भनेकी नै होइन । मैले अन्तरवार्तामा कसैको पनि नाम लिएकी छैनन् । यसैले, यो विवादलाई अगाडि नबढाउन आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *