सुदर्शन र पूजाको विवाद के हो ?

१७ मंसिर २०८१ ८:१६

निर्देशक तथा निर्माता सुदर्शन थापा र नायिका पूजा शर्माबिच विवाद उत्पन्न भएको छ । चलचित्र ‘रावायण’लाई लिएर सुदर्शन र पूजाको सोमबार प्राविधिक संघको कार्यलयमा चर्काचर्की भएको हो ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार निर्माणपक्ष अर्थात सुदर्शन र पूजाले प्राविधिकहरुलाई १५ लाख ५५ हजार पारिश्रमिक अझै दिन बाँकी छ । सोही रकमलाई लिएर प्राविधिकहरु उजुरी हालेका थिए ।

निर्माणपक्षलाई प्राविधिकहरुले उजुरी हालेपछि चलचित्र प्राविधिक संघले सुदर्शन र पूजालाई छलफलका लागि बोलाएको थियो । सोही छलफलका क्रममा सुदर्शन र पूजाबिच ठुलै चर्चाचर्की परेको अध्यक्ष लामाले जनाए ।

अध्यक्ष लामाका अनुसार पूजा शर्माले प्राविधिकहरुलाई बाँकी रहेको रकम दिन सहमत भएको र सुदर्शन थापाले आफूहरुको आन्तरिक हिसाब अरु नै रहेको भन्दै पैसा दिने कुरामा आनाकानी गरेका थिए । त्यसपछि पूजा र सुदर्शनबिच विवाद भएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *