‘ह्रस्व दीर्घ’को कमाइ १० करोड ६० लाख

२० मंसिर २०८१ ७:२७

कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’को अहिलेसम्मको कमाइ सार्वजनिक गरिएको छ । भोली शुक्रबारबाट चौथो सातामा प्रवेश गर्ने यो चलचित्रको निर्माणपक्षले हिजो बुधवारसम्मको कमाइ सार्वजनिक गरेको हो । निर्माणपक्षले सार्वजनिक गरेको कमाइ अनुसार यो चलचित्रले अहिलेसम्म कूल १० करोड ६० लाख ग्रस कलेक्शन गरेको छ ।

६ करोडको बजेटमा निर्माण भएको यो चलचित्रले पहिलो साता ५ करोड ५४ लाख ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक भएको थियो । दोस्रो सातामा चलचित्रले २ करोड ९८ लाख ग्रस कलेक्शन गरेको थियो भने तेस्रो सामाता २ करोड ८ लाखको ग्रस कलेक्सन गरेको हो ।

प्रेमकथामा आधारित यो चलचित्रलाई अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेकी हुन् । चलचित्रको निर्माणमा नीतालाई अभिनेता हरिहर अधिकारीले सघाएका छन्। निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

चलचित्रमा चलचित्रमा हरिहर अधिकारी, निता ढुङ्गाना, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसीको अलावा भारतीय कलाकार ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा लगायतका कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *