अहिलेकी व्यस्त नायिका आँचल शर्मालाई प्लेनमा यात्रा गर्न निकै डर लाग्ने गरेको बताएकी छिन् । त्यसो, त उनी फेसन शोमा हिडिरहदा आफूले लगाएको कपडा अल्झेर कतै लडिहाल्ने होकी भन्ने डर त थियो नै । तर, उनी प्लेन चड्न पनि उत्तिकै डराउने गरेको बताइन् ।
नेपाल लगायत विश्वका थुप्रै मुलुकमा हुने कार्यक्रमहरुमा प्लेनमा लामो यात्रा गरेकी उनी यो पटक पनि निकै डराएकी छिन् । यतिबेला उनी अवार्ड कार्यक्रमको लागि अमेरिका जान लागेकी छिन् । तर, यो पटक पनि उनी निकै डराइन् ।
आफूलाई फ्लाइटमा यात्रा गर्दा मछुकी जस्तो लाग्छ भन्दै आँचल भन्छिन्,-‘मलाई फ्लाइटमा यात्रा गर्दा मर्छु कि जस्तो लाग्छ । प्लेनमा यात्रा गर्दा मलाई एकदमै डर लाग्छ । अझ डोमेस्टिकमा धेरै लाग्छ । किनकी, त्यतिबेला म मर्यो भने मेरो परिवारलाई र मेरो श्रीमानलाई के हुन्छ भन्ने कुरा प्लेन ल्यान्ड नभएसम्म मनमा खेलिरहन्छ ।’ उनले भनिन् ।