कर्णराज र एलिनाको ‘मनमा फूल्ने माया’ रिलिज

२ पुष २०८१ ८:१०

गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ । सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ ।

गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेको अभिनय छ । भिडियोमा राज र एलिसाले एकअर्कालाई गर्ने मायाको कथा देखाइएको छ । सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा राज र एलिसाको जोडी निकै सुहाउदिलो देखिएका छन् ।

हरि शर्मा प्रस्तुतकर्ता रहेको भिडियोमा निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन र कलर, अनिताको मेकअप, हेमन्त लामिछानेको कोरियोग्राफी तथा जगत रेग्मीको निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *