गायिका एलिना चौहानले टिकटक लाइभमा आएर आफूले जानीजानी बिहे गरेको बताएकी छिन् । उनले आफूले सबैकुरा थाहा पाउदा पाउदै पनि सबैकुरा ठीक होला भन्ने हेतुले बिष्णुसँग बिहे गरेको बताइन् । उनले डिभोर्सको फाइल दर्ता गरेसँगै सो कुरा बताएकी हुन् ।
टिकटकमा एलिनाले आफूहरुले सहमतिमै डिभोर्स फाइल गरेको र आफ्ना पति विष्णु सापकोटालाई गाली गलौज नगर्न् पनि आग्रह गरेकी छिन् ।
उनले भनिन्, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । झन्, बिहे त सात जुनीका लागि हुन्छ भनेर गरेको हुन्छ के हिन्दु संस्कार अनुसार । कुनै बाबु आमाले मुटु फुटाएर छोरीको कन्यादान गरेर डिभोर्स होस् भनेर चाहेका हुँदैनन् । यो निर्णय हामीले एकदमै सोचेर लिएको हो । दुबै जना सल्लाहा गरे, परिवार बसेर लिएको निर्णय हो । कहिलेकाही कति कुराहरु इच्छा भन्दा जरुरी हुदो रहेछ ।’
उनी अगाडि भन्छिन्–‘बिहे गर्नु हतारको निर्णय थियो । हाम्रो प्रेम बिबाह हो । प्रेम सम्बन्ध हुँदा पनि हाम्रो खटपट हुन्थ्यो । मैले के सोच भने सहन्छु, एक दिन त ठिक हुन्छ । उहाँले पनि सोचे जस्तो भएन । यो मायाको कुरा गर्दा कस्तो हुँदो रहेछ भने, आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले नै गाली खाएको भन्दा बढी पीडा हुँदो रहेछ ।’
उनले आफ्नो जिन्दगी आफैले बिगारेको बताउदौइ भनिन् –‘मेरो जिन्दगी बिगार्नुको कारण म आफै हो । मैले जानीजानी बिहे गरेको हो । उहाँले पनि म कलाकार भएको थाहा पाएर नै बिहे गर्नुभएको हो । दरिलो पनि कति हुनु खै । दह्रो हुँदा हुँदै म के भैसकेँ, के भन्नु । अब, आफ्नो जिन्दगीबाट धेरै कुरा सिकेर अगाडि बढ्छ् । तपाइहरुले पनि मलाई सहयोग गर्न नसकेपनि बाधा नपुर्याइदिनुहोला । हामी दुबैलाई आफ्नो जिन्दगीमा बाँच्ने अधिकार छ । यसैले, उहाँलाई केही भैहाल्यो भने त्यो पश्चातापले मलाई पनि बाँच्न दिदैन । मेरो जस्तो आमा बुबा यो संसारमा सबैको होस् ।’