नायिका अरुणिमा लम्साल र उनका श्रीमान् युवराज श्रेष्ठबीच डिभोर्स भएको छ । बुझिएअनुसार अरुणिमाले विवाह गरेको ६ महिना नबित्दै श्रीमान युवराज सँग डिभोर्स गरेकी हुन् ।
बिहेभएको छोटोसमयमै अरुणिमा र युवराजको डिभोर्स भएको खबरहरू बाहिरन थालेको छ । तर, यी खबरहरु अहिले बाहिरिन थालेको भएपनि यी दुई जोडीको केही समय अगाडि नै डिभोर्स भएको हो ।
हाल अमेरिकामा रहेकी अरुणिमाले अमेरिकाबाट नै डिभोर्सका लागि फाइल दर्ता गरेकी थिइन् । यतिबेला उनको सामाजिक संजालबाट आफ्ना बिहेका सबै तस्वीर समेत हटेको छ ।
अरुणिमाले बिहे लगतै युवराजसँगका तस्वीरहरु सामाजिक संजालमा पोस्ट गरेकी थिइन् । यो विषयमा दुबैले मुख भने खोलेका छैनन् ।
श्रीमान युवराजले बिहे लगत्तै आफ्नी पत्नी अरुणिमासँग अमेरिकामा गएर बस्ने बताएका थिए । तर, अहिलेसम्म युवराज नेपालमै छन् ।