‘भ्यालेन्टाइन डे’मा ‘बुलबुल’ पुन: प्रदर्शन हुने

१ फागुन २०८१ ५:२३

सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको हो । 

एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल, गुगल, टीभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टीभी, एलजी टीभी, एप्पल टीभी, हिसेन्स टीभी, भिडियो टीभी, रोकु टीभी एप र कम्प्युटरमा पनि उपलब्ध छ । यसैले हरेक वर्गका दर्शकले आफूले मनपर्ने फिल्म सजिलै हेर्न पाउँछन् ।

चलचित्रका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकले देशभित्र र विदेशबाट समेत बुलबुल हेर्न अत्याधिक माग गरेपछि एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको बताए । 

कहाँबाट कतिले चलचित्र हेरे र कति आम्दानी भयो भन्ने सबै चलचित्र निर्माता आफैँले पारदर्शीरुपमा हेर्न सकिने हुँदा चलचित्र निर्माताका लागि र दर्शकको लागि पनि घरमै बसीबसी विभिन्न प्लेटफर्ममा आफनो समयअनुसार चलचित्र हेर्न पाउनु आफैँ राम्रो भएको थापाले बताए । 

स्वस्तिमा खड्काले यो चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभललगायत अन्य घरायसी फेस्टिभलहरूमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् । 

निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए । यो चलचित्रले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो । संसारका कैयन अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो । 

चलचित्रमा अभिनेता मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ । मुकुनले २०१९ मा यही चलचित्रबाट आफ्नो फिचर सिनेमामा डेब्यू गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *