‘दुखी आत्मा’को बुकिङ खुल्ला, कस्तो गर्ला ओपनिङ ?

१ फागुन २०८१ ६:०१

प्रेम दिवस अर्थात भोलिबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुखी आत्मा’को बुकिङ ओपङ गरिएको छ । देशका अधिकांश मल्टिप्लेक्सले आजबाट यो चलचित्रको बुकिङ खुलाएको हो ।

चलचित्रलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बाँनेश्वरमा ५ शोज, कालिमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, आइएनआई नयाँ बाँनेश्वरमा ४ शोज मिलेको छ ।

त्यस्तै, यो चलचित्रलाई काठमाडौं बाहिर पनि सुखद शोज मिलेको छ । जसकाकारण, यो चलचित्रले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रप्रति प्रदर्शकहरु पनि आशावादी देखिएका छन् । जसकाकारण, चलचित्रले मल्टिप्लेक्समा सुखद शोज पाएको हो ।

सामाजिक कथामा नयाँ नयाँ बिषय पस्कन सफल मानिएका दीपेन्द्रको यो चलचित्रले यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

हिमाल कडरियाको निर्माण रहेको यो चलचित्रमा सुदिप ढकाल कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *