‘रंगी’लाई प्रिमियरमा तारिफ

१ फागुन २०८१ ६:२७

भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रंगी’को प्रिमियर सम्पन्न गरिएको छ । बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा यो चलचित्रलाई सकारात्मक प्रतिक्रिया मिलेको हो ।

प्रिमियरमा निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतको उपस्थिती थियो । प्रिमियरमा यो चलचित्र हेरेपछि सबैले चलचित्रको कथावस्तु मन परेको भन्दै तारिफ गरेका थिए ।

विशेषत बाबुछोरीको कथामा आधारित यो चलचित्र हेरेपछि उनीहरुले बाबुछोरीको सम्बन्ध, कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरेका थिए ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको यो चलचित्रमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *