चैत २९ गते रिलिज हुने चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई विपिन कार्कीलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । हातमा सर्ट गन बोकेका विपिनको लुक्सअनुसार उनी बदलाको भावमा छन् ।
गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ ।
पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ । स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको सामान्य अनुमान लगाउन सकिन्छ ।
निर्देशक सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुतिमा वसन्त लम्सालको लगानी रहेको चलचित्रमा मुकुन नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भैरहेको चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।