मायाबी ट्रेलर: पल र दीपिकाको प्रेम र वियोगको कथा

१ फागुन २०८१ १५:३९

यही फागुनको १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मायाबी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर गरिएको हो ।

सार्वजनिक ट्रेलरमा नायक पल शाह, नायिका दीपिका प्रसाइको साथमा कलाकारहरु सुशिल सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खान लगायत प्रस्तुत छन् । ट्रेलरमा नायल पल र दीपिकाको प्रेमभाव, उतारचढाव र वियोग देख्न सकिन्छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा धु्र्व न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको निर्माण, राजु पराजुली र सुमित वली सह–निर्माता, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् ।

क्रियटिभ सिने आर्टस् प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्रमा नेम महर्जनको पनि लगानी छ । चलचित्रमा प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दिपेन्द्र सिंखडा, संगीता सिलवालको पनि अभिनय छ ।

लभ स्टोरी जनरामा निर्माण गरिएको यो चलचित्रले युवापुस्तामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । चलचित्रको ट्रेलरमा समावेश केही संवादहरु बुलन्द छन् ।

चलचित्रमा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *