सुरजको ‘एक्लो’ लुक्स कस्तो लाग्यो ?

४ फागुन २०८१ ६:५२

प्रदीप शाहीको निर्देशन रहेको चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार यो चलचित्रका मुख्य कलाकार सुरज सिंह ठकुरीलाई फिचर्ड गर्दै क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा सुरजको अवतार डरलाग्दो छ । निर्माणपक्षले हलिउड स्टरको चलचित्र बनाउन कुनै कसर बाँकी नराखेको यो चलचित्रमा उनलाई ‘काल’ पात्रको भूमिकामा प्रस्तुत गरिएको छ ।

राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नविन सिवा, बागविर पुन लगायतको लगानी रहेको चलचित्रमा प्रदिप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा बेलायती कलाकार जेमी बेकनको पनि अभिनय छ । विनोद सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, राजु तामाङको एक्सन, राजु पेन्टरको सेट डिजाइन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *