‘११ः५५’को टिजरमा लभ, रोमान्स, धोका र बदलाको कथा

४ फागुन २०८१ ७:१२

केशव पाण्डेको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘११ः५५’को टिजर रिलिज भएको छ । चलचित्रको सार्वजनिक टिजरमा लभ, रोमान्स, धोका र बदलाको कथा उठान गरिएको छ ।

क्राइम थ्रीलर जनरामा निर्माण गरिएको यो चलचित्रको टिजरमा मुख्य कलाकारहरू श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, वुद्दि तामाङ, विशाल पहारी र डेब्यू कलाकार सागर खनाललाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा एमएस अग्रज, शेखर ज्ञवाली र निर्देशक पाण्डेको लेखन छ । विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको यो चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।

चैत्रको ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन, रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *