‘पुजार सार्की’ टिमले निर्माण गर्दै ‘२६ करोड’

५ फागुन २०८१ ५:५६

चलचित्र ‘पुजार सार्की’ टिमका लेखक विकास सुवेदीले ‘२६ करोड’ निर्देशन गर्नेभएका छन् । यसअगाडि यो चलचित्रलाई दिनेश राउतको निर्देशनमा निर्माता रोहित अधिकारीले निर्माण गर्ने भनिएको थियो ।

तर, निर्देशक दिनेश र निर्माता रोहितको पछि कुरा मिलेन र उनीहरू अलग भए । यसपछि, रोहितको ‘फर्की फर्की’सँग दिनेशले ‘पुजार सार्की’ जुधाएका थिए ।

अब भने, यो चलचित्र किङ्डम नेटवर्कले लिएको छ । यो चलचित्रका निर्माता सुभाष भुसाललाई निर्माता रोहितले अधिकार हस्तान्तरण गरेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठले मिलेर यो चलचित्रलाई वितरण गर्ने पनि पक्का भएको छ ।

विकासको यो चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् । अहिले उनको लेखन रहेको चलचित्र ‘महाभोज’ छायांकनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *