जीवन दाहालको डेब्यु निर्देशन रहेको चलचित्र ‘तीनतारा’को छायांकन सम्पन्न भएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानमा यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो।
१५ वर्षपछि भेटिएका साथीहरूको जीवन र सम्बन्ध परिवर्तनको कथा यो चलचित्रले पेश गर्नेछ । निर्देशक दाहाल आफैँले लेखेको कथाले मित्रताको महत्त्व, जीवनका उतारचढाव र समयले ल्याउने परिवर्तनलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ ।
माउन्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नवीनचन्द्र अर्याल, सविन भट्टराई, भरत कार्की, सुष्मा निरौला लगायतको अभिनय छ ।
फोटोग्राफी निर्देशन अतुल आनन्द र छायाकार पवन सिग्देल रहेको चलचित्रको पोस्ट–प्रोडक्सनको काम आरपी प्रोडक्सन्सले गर्ने जनाइएको छ ।