चलचित्र ‘ए मेरो हजुर ५’को तयारीमा रहेकी निर्देशक तथा अभिनेत्री झरना थापा यतिबेला भारतको प्रयागराजमा भैरहेको महाकुम्भ मेलामा पुगेकी छन् । उनका साथमा निर्माता सुनिलकुमार थापा पनि यस मेलामा पुगेका छन् ।
महाकुम्भ मेलामा पुगेकी उनले स्नान गर्दै डुबुल्की मारेको तस्वीर फेसबुकमा सेयर गरेकी छिन् । उनले सेयर गरेको तस्वीरमा थापा दम्पतीले महाकुम्भमा डुबुल्की मारेको देख्न सकिन्छ ।
यसअगाडि महाकुम्भमा नीता ढुंगाना, मलिना जोशी, पूजा शर्मा लगायतका थुप्रै कलाकारहरु पुगेर स्नान गरिसकेका छन् ।