‘ताण्डवम्’लाई ‘पिजी’ सर्टिफिकेट, काटियो १० मिनेट लामो दृश्य

८ फागुन २०८१ १०:५७

फागुन ९ गते शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘ताण्डवम्’लाई ‘पिजी’ सर्टिफिकेट मिलेको छ । अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई काट्न चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार सेन्सर रोकेको थियो ।

सेन्सर रोकिएसँगै चलचित्रको बुधबारलाई आयोजना गरिएको प्रिमियर शो समेत स्थगित गरिएको छ । चलचित्र हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काँट्न सुझाव दिएका थिए ।

केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै सेन्सरमा रोकिएको यो चलचित्रको करिब १० मिनेट लामो दृश्य काँटछाँट गरिएको छ । चलचित्रको काँटछाँट गरेपछि यसले ‘पिजी’ सर्टिफिकेट पाएको हो ।

निर्देशक जुनिम गहतराजले निर्देशन गरेको यो चलचित्रले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गर्छ

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *