‘मायावी’को भजन गीत ‘माता विन्ध्यवासिनी’

८ फागुन २०८१ ११:१४

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मायावी’को भजन गीत सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा निर्माणपक्षले बिहीवार ‘माता विन्ध्यवासिनी’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा एसडी योगीको स्वर र संगीत, राम अविरल विष्टको शब्द छ । गीतको भिडियोमा पल शाह, दीपिका प्रसाँई, करिश्मा श्रेष्ठ, सुशील सिटौला लगायतलाई फिचरिङ गरिएको छ ।

राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी, राजु पराजुली र सुमित वलीको सह–निर्माण रहेको चलचित्रमा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।

आगामी फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा, संगीता सिलवालको साथमा नव–नायक समीम खानको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *