विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्र ‘११ः५५’को समावेश पहिलो गीत सार्वजनिक भएको छ । यो चलचित्रको टिजर र पोस्टर सार्वजनिक गरेको केही समयपछि निर्माणपक्षले शुक्रबार ‘रोक्ने छैन’ बोलको गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतको भिडियोमा यो चलचित्रका मुख्य कलाकारहरू श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल लगायतका कलाकारहरू प्रस्तुत छन् । गीतमा अल्मोणा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । सुमन परियारको पनि यो गीतमा स्वर सुन्न सकिन्छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो गज्जबको छ । चलचित्रमा एमएस अग्रज, वुद्दि तामाङ, विशाल पहारी लगायतको पनि अभिनय रहेको छ ।
क्राइम थ्रीलर जनरामा निर्माण भएको यो चलचित्रमा देव महर्जनको एक्सन, प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन, श्याम शर्मा र सरोज शर्माको लगानी छ ।
केशव पाण्डेको निर्देशन रहेको चलचित्रमा एमएस अग्रज कार्यकारी निर्माताको रुपमा रहेको छन् । चलचित्र चैत्रको ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।