सशान कँडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
यो चलचित्रको सार्वजनिक ट्रेलरले ट्रेलरले यसको कथावस्तुबारे जानकारी गराएको छ । ट्रेलरले कलेज र होस्टेल जीवनको रमाइलो पक्ष देखाउँदै प्रेम, द्वन्द्व, त्याग, सङ्घर्ष र षड्यन्त्रको कथा देखाएको छ ।
सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र पारससहित रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतको अभिनय छ ।
यही फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रका निर्देशक कँडेलकै कथा र माधव शर्माको पटकथा तथा संवाद छ । चलचित्रको निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला छन् । सह-निर्माताहरु शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल हुन् । अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, हिमाल केसीको द्वन्द्व र विकास दाहालको सम्पादन छ ।