विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘आउटलः दफा २१९’को टिमले एउटा प्रतिस्पर्धाको आयोजना गरेको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको टिमले ‘न्याय’ शिर्षकमा प्रतिस्पर्धा आयोजना गरेको होे ।
स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् । प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ ।
प्रतिस्पर्धीले पठाएको भिडियो चलचित्रको सामाजिक संजालमा एकाउन्टमा पोष्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ । फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ ।
चलचित्रले ‘न्याय’को कथा बोल्ने भएकाले गर्दा नै यही शिर्षकमा प्रतियोगीता आयोजना गरिएको निर्माता अमित अग्रहरिले जानकारी दिए ।
विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सह–निर्माता, साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन, नविन गुरुङको छायांकन रहेको चलचित्रमा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।