अशोक शर्माको ‘डबल ट्रिपल’ घोषणा, फूलपातीमा प्रदर्शन

१५ फागुन २०८१ ४:५९

लोकप्रिय कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले नयाँ चलचित्र ‘डबल ट्रिपल’ घोषणा गरेका छन् । बुधवार महाशिवरात्रीको अवसार पारेर यो चलचित्रको घोषणा गरिएको हो । यो चलचित्र आगामी दशैंको फूलपातीको दिन रिलिज हुने भएको छ ।

अशोक शर्माको निर्देशन रहने चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका लोकप्रिय कलाकारहरूको बेजोड अभिनय रहने छ ।

अब केही दिनपछि नै शुभ मुहूर्त गरेर छायांकनमा निस्किने यो चलचित्रमा किरण शर्मा पौड्याल, कृति शर्मा, अङ्कित शर्माको निर्माण, अशोक शर्मा र राजेश सिटौलाको कथा पटकथा, सम्भुजीत बास्कोटाको सङ्गीत रहनेछ । मनोज पण्डित स्क्रिप्ट डक्टर, शान बस्न्यात संवाद, आलोक शुक्ला सिनेमाटोग्राफर, नगेन्द्र घिमिरे प्रोडक्सन, राजु किराँती द्वन्द्व, सुनिल छेत्री कोरियो ग्राफर, ट्राइडेन्ट कन्सेप्ट पब्लिसिटिमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *