राजवल्लभ कोइराला अभिनित भिडियो ‘ठक्कर’

१५ फागुन २०८१ ५:२०

चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ ।

गीतको भिडियोमा कलाकार राजवल्लभ कोइराला,सीतादेवी तिमिल्सिना लगायत अन्य कलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेकाछन् ।

एक्टर टेक वन चलचित्रको प्रदर्शन ताका राजवल्लभ कोइराला नेपाल आएको मौका छोपी सो म्युजिक भिडियाको छायाँकन भएको थियो ।

समाजमा बढ्दै गएको चरम निराशा,अवसाद,विग्रह,हत्या र आत्महत्यालाई केही हदसम्म भएपनि निरुत्साहन गर्नका लागि गीत संगीतको माध्यमद्वारा आशा र हिम्मतको संचार गराई मानसिक स्वास्थ्य कायम राख्न सो गीत लेखेको र निर्माण गरेको थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *