कात्तिक ३ मा ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

१५ फागुन २०८१ ५:३३

निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै यसको प्रदर्शन मिती घोषणा गरिएको हो । यो चलचित्र तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ ।

सामाजिक कथावस्तुमा आधारित चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।

आशिस एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रमा निर्देशक पौडेलकै कथा र सम्पादन,मन कृष्ण महर्जनको डिओपी, पटकथा महेश दवाडीले लेखेका छन् । एक सातापछि छायांकन हुने चलचित्रको तराईका विभिन्न स्थानमा गरिनेछ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण तथा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य एक्सन निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *