‘महाभोज’को छायांकन ‘इन्डक्ल्याप’

१८ फागुन २०८१ ४:४६

दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘महाभोज’को छायांकन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायांकन गर्दै शुक्रवार साँझ चलचित्रको इन्डक्ल्याप गरिएको हो ।

गत माघ ८ गते पोखराको घाचोकबाट छायांकन सुरु भएको थियो । चलचित्रको ३५ दिने छायांकन तालिकामा ३३ दिन घाचोक र २ दिन काठमाडौंमा गरिएको निर्माणपक्षले बाटएको छ । यो चलचित्रका निर्देशक राउतका अनुसार ‘महाभोज’ समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा आधारित छ । यस चलचित्रले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर प्रस्तुत गर्ने विश्वास उनको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *