‘फेरि रेशम फिलिली’मा सवावेश ‘कैले घाम म कैले छाया म’
१८ फागुन २०८१ ५:०५
गत फागुन १४ गते महाशिवरात्रिदेखी प्रदर्शनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’मा सवावेश गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक भएको छ । यो गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर छ ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी र प्रकाश दाहाल फिचर्ड छन् ।
यो चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।
निरोज महर्जनको लेखन तथा निर्देशन रहेको यो चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट वडअफ माउथको प्रभाव विस्तारै बक्सअफिसमा देखिन थालेको निर्माणपक्षको भनाइ छ ।