निर्माता सरोज ओलीको निर्माणमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’को छायांकन सकिएको छ । छायांकन सुरुभएको दिनदेखि २९ दिन लगाएर यसको छायांकन सकिएको छ ।
चलचित्रको अब गीतको मात्रा छायांकन बाँकी रहेको निर्माणपक्षले जनाएको छ । चलचित्रका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रुपमा चलचित्रको छायांकन सम्पन्न भएको जानकारी दिए ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज ओली र मोहित बंश आचार्य निर्माताको रुपमा रहेका छन् । चलचित्र दशैको फूलपातीमा नै रिलिज हुने निर्माता ओलीले जानकारी दिएका छन् ।
दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा हरिबंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का , राजाराम पौडेल ,किरण केसि, हरिहर शर्मा, पार्वति अधिकारी , दिब्यदेब पन्त , तारा शर्मा , दिनेश काफ्ले, सिता न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।