‘जनै हराएको बाहुन’मा मिरुनाको जोडी बन्दै विजय

२१ फागुन २०८१ ३:४८

हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्र ‘जनै हराएको बाहुन’मा मिरुना मगर जोडिएकी छन् । चलचित्रमा मिरुनाको प्रवेश भएसँगै मिरुना र विजय बरालले जोडी बाँधिने भएको हो ।

आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो चलचित्र नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ । हिमालको यो डेव्यु चलचित्र हो ।

आमा र छोराबीचको इमोस्नल कथा पेश गर्ने चलचित्रले आमालाई सुख दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो । यो चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् । चलचित्र यो वर्षको अन्त्यमा छायांकनमा जानेछ ।

यसअघि कबड्डी, जारी लगायत चलचित्रमा यी दुईले सहकार्य गरे पनि ‘जनै हराएको बाहुन’मा भने पहिलो पटक जोडी बन्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *