‘जनै हराएको बाहुन’मा केकी र मिरुना अनुबन्धित

२१ फागुन २०८१ ८:०२

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै गएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ ।

अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् । चलचित्रमा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन ।

आमा र छोराबीचको इमोस्नल कथा भन्ने यो चलचित्रले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने निर्माणपक्षले बताएको छ । चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशन हो । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

आदित्य फिल्मस् निर्माता रहेको चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।

यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ । यो चलचित्र आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *