‘श्री बुकुरो’को दोस्रो टिजरमा के छ ?

२१ फागुन २०८१ ८:१२

निर्देशक सुदिप भुपाल सिंहको नयाँ चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । ७ वर्षपछि चलचित्रमा फर्किएका निर्देशक सुदिपले य्७ो चलचित्रलाई निर्देशन गरेका हुन् । यसअगाडि उनले ‘माला र रुद्रप्रिया’ निर्देशन गरेका थिए ।

हाल पोस्ट प्रोडक्सनको काम चलिरहेको यो चलचित्रको अहिलेसम्म प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रको सार्वजनिक नयाँ टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ ।

यसको टिजर कलाकार लक्ष्मी गिरीको संवादबाट सुरु हुन्छ । चलचित्रको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो ।

फिल्म रेञ्जको व्यानरमा निर्माण भएको यो चलचित्रमा लक्ष्मी गिरी, आर्शीवाद क्षेत्री, निकिता आचार्य, प्रतिकार आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट लगायतका कलाकारहरूको अभिनय छ ।

पारिवारिक कथामा निर्माण भएको यो चलचित्रमा निर्देशक सिंहको लेखन, रुबी सेनको लगानी, सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, रञ्जित गजमेर र बसन्त सापकोटाको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *