हलमा ‘अञ्जिला’, कस्तो छ प्रदर्शनको सुरुवात ?

२९ फागुन २०८१ ४:५८

आजदेखि चलचित्र ‘अञ्जिला’ सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।

‘अञ्जिला’लाई देशभरमा हलहरूले उत्साहजनक शो प्रदान गरेका छन्, जसमा सुरुवातका धेरै शोहरूमा दर्शकको चाप देखिएको छ । सामान्यतया फागु पूर्णिमाको दिन मध्य दिनसम्मका शोहरूमा दर्शक कम देखिने गरेता पनि ‘अञ्जिला’को हकमा भने त्यो लागु भएको छैन । सुरुवातीका शोहरूमा समेत दर्शकको सङ्ख्या व्यापक देखिएको वितरक करण श्रेष्ठले बताए ।

यो चलचित्रमा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका छन् । चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *