मुकुनको ‘कर्मा’ लुक्स रिलिज

२९ फागुन २०८१ ५:३४

चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।

तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन डेन्डसम देखिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ । उनको यो लुक्सले उनी खलपात्रको रुपमा चलचित्रमा रहेको प्रष्ट पार्छ ।

यसअघि, निर्माणक्षले उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरेको थियो । निर्देशक सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रको छायांकन दाङ र काठमाडौंमा गरिएको हो ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । एक्सन ड्रामा जनरामा निर्माण भएको चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । चलचित्रले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

वसन्त लम्सालको लगानी रहेको यो चलचित्रको टिजर भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *