‘कर्मा’ले आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गर्छ : सरिता गिरी

५ चैत २०८१ ७:२१

आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्र ‘कर्मा’मा अभिनेत्री सरिता गिरीले पनि काम गरेकी छिन् । उनका अनुसार नेपाली चलचित्र क्षेत्रमा यो चलचित्रले आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गर्नेछ ।

अहिले आमाको चरित्र भन्नबित्तिकै जुन इमेज आमा दर्शक र चलचित्रकर्मीको दिमागमा आउँछ, त्यो परिवर्तन ‘कर्मा’मा रहेको आमाको चरित्रले मेटाइदिने उनको भनाइ छ ।

सरिताले निर्देशक सौरभ चौधरीले आफूलाई चलचित्रमा अफर गर्दा नै आफू इम्प्रेस भएको उनको भनाइ छ । सौरभले आफूलाई आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गरेको उनले बताइन् ।

सरिताले अहिलेसम्म थुप्रै चलचित्रमा आमाको क्यारेक्टरमा काम गरे पनि यो चलचित्रमा अरुभन्दा फरक खालको चरित्र रहेको उनको दाबी छ । आफूेल चरित्रमा काम गर्न मन पराउने र ‘कर्मा’को आमाको क्यारेक्टर पनि त्यस्तै रहेको उनले बताइन् ।

‘मैले अहिलेसम्म आमाको चरित्र धेरै गरेँ होला । तर, कर्मामा आमाको चरित्र मात्रै छैन,’ उनी भन्छिन्, “यसमा आमासँग सँगै धेरै कुरा छ । यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभयो, अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो चलचित्र रिलिज भएपछि हट्नेछ ।’

एक्सन जनरामा निर्माण भएको चलचित्रमा सरिता गिरी विपीन कार्कीको आमाको भूमिकामा छिन् । चलचित्रमा विपीन र सरितासँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुतिमा वसन्त लम्सालको लगानी र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *