निर्देशक दीवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ‘नरसिंहा अवतार’ चैत २९ मा नआउने भएको छ । यो चलचित्रलाई नयाँ वर्ष २०८२ लाई लक्षित गरेर यसअगाडि आगामी चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो ।
तर, निर्देशक भट्टराईका अनुसार यो चलचित्रको प्राविधिक काम अझै बाँकी रहेकाले तोकिएको मितिमा चलचित्र प्रदर्शन गर्न नसकिएको बताए । चलचित्रको नयाँ प्रदर्शन मिति भने अहिले नै तय भएको छैन । तर, आगामी जेठमा प्रदर्शन हुने उनले बताए ।
यो चलचित्रमा अभिनेता राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, सरोज खनाल, उषा खड्गी (पूर्वमिस नेपाल), प्रशान्त ताम्राकार, दीपा शाही, राजिव बस्नेत, अर्जुन श्रेष्ठ, अमित श्रेष्ठ लगायतको अभिनय छ ।
यो चलचित्रलाई नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने निर्माण गरेका हुन् । चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको चलचित्रमा राजेश हमाल दुई फरक लुक्समा देखिने बुझिएको छ ।
यो चलचित्र मार्फत राजेश हमालले आठ वर्षपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गरेका छन् । जसलेगर्दा, यो चलचित्र दर्शकका लागि अझै प्रतिक्षित बनेको छ ।