भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको थियो । कमलपोखरीमा अवस्थित बिग मुभिज सिटीसेन्टरमा आयोजित प्रिमियर शोमा चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।
प्रिमियरमा यो चलचित्रका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल, पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देक तथा हास्य कलाकार दीपक आचार्य लगाएतका कलाकारहरुको उपस्थिती थियो ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको यो चलचित्र हेरेका प्राय: सबै कलाकारले उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।
अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनारामा निर्माण भएको ‘११:५५’ उत्कृष्ट चलचित्र रहेको बताइन् । यो चलचित्रमा अभिनय गरेका सबै कलाकारले उत्कृष्ट काम गरेको उनको भनाई छ ।
त्यस्तै, निर्देशक सुवर्ण थापाले पनि एउटा घर भित्र गजवले चलचित्र सक्काएको भन्दै डेव्यु निर्देशक पाण्डेको तारिफ गरेका थिए । नेपालमा थोरै मात्रै सस्पेन्स क्राइम थ्रिलर जनरामा यस्तो चलचित्र बन्ने भएकाले पनि यस्ता चलचित्रलाई प्रोत्साहन गर्नु पर्ने बताए ।
चलचित्रका डेव्यु निर्देशक केशव केशव पाण्डेले पनि आफ्नो लामो समयदेखिको मेहनत र सपना साकार भएको बताए । ‘मैले जुज सपना देखेर यो चलचित्र निर्माण गरेका थिए । त्यो पाउँदा निकै खुशी लागेको छ । मेरो कथालाई मैले छानेका कलाकारहरुले जिवन्त अभिनय गरेर न्याय गरिदिनु भएकोमा आभारी छु,’ पाण्डेले भने ।
बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी, कार्यकारी निर्माता एमएस अग्रज हुन्